काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुलाई पूँजी नबढाउन र स्प्रेड दर ४ प्रतिशतभन्दा नघटाउनु सुझाव दिएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले आगामी मौद्रिक नीतिबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले यस्तो सुझाव दिएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकलाई शेयर बजारमा हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन् । उनले भने ुसबैले आ(आफ्नो क्षेत्रको काम गर्नु पर्छ, आफुले आफ्नो चुलो बलेको छ कि छैन मात्र हेर्नु पर्छ, अरुको चुलोबारे चासो राख्नु हुन्नु । उनले शेयर बजारसंग सम्बन्धित कार्यहरु नेपाल धितोपत्र बोर्ड वा अन्य कुनै समबन्धित निकाय मार्फत हुनु पर्ने उल्लेख गरे ।
साथै उनले उनले सहकारीको जिम्मा राष्ट्र बैंकलाई नलिन सुझाव दिएका छन् । । खतिवडाले राष्ट्र बैंकलाई सेयर बजारको चिन्ता हुने गरेको भन्दै अब घर जग्गामा पनि ध्यान दिन सुझाव दिए । बैंक र व्यवसायी छुटिन चाहे, संस्थापक बाहिरिन खोजे १० प्रतिशत घटाउन सुझाव दिए ।



