images
images

महानगरले बन्द गर्यो भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला


  • 385
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    महानगरले बन्द गर्यो भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा चलेको शैक्षिक मेला (एडु फेयर) बन्द गराएको छ । एसइई र कक्षा १२ को परीक्षाफल कुरेर बसिरहेका बालबालिका लक्षित मेलामा विद्यार्थीहरुको व्यक्तिगत विवरण टिप्ने, शैक्षिक प्रतिष्ठानका विषयमा जानकारी दिने लगायत काम भइरहेको थियो । 

    फेयरमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई, विवरण टिपाए छात्रवृत्ति उपलब्ध गराउने लोभ देखाइँदै थियो । मेला स्थलमा शिक्षण स्थलका नाममा पढाइ हुने विषयहरुको बोर्ड राखेर सजावट गरिएको थियो । 

    शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार भर्ना अवधि सुरु हुनु अगाडि विद्यार्थीहरुलाई प्रभाव पार्ने यस खालका क्रियाकलाप गराउन कानुनले निषेध गरेको छ । निषेधित काम प्रवर्धन हुने गरी सञ्चालन गरिएको फेयर बन्द गराइएको कोइरालाले जानकारी दिए । 

    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेला स्थलमा गएर क्रियाकलाप बन्द गराएका हुन । 


    images
    images

    Logo