images
images

जुगल हिमाल आरोहणका लागि खुला 


  • 557
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    जुगल हिमाल आरोहणका लागि खुला 

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा पर्ने जुगल पर्वतश्रृङ्खलाको पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आरोहणका लागि खुला गरिएकोबारे बताएको हो । 

    सरकारले क्रमशः ६५९१ मिटर, ६५१८ मिटर, ६१८४ मिटर, ५९३६ मिटर र ५९२२ मिटर उचाइ भएका जुगल १, जुगल २, जुगल ३, जुगल ४ र जुगल ५ लाई आरोहणका लागि खुला गरिएको सूचनामा जनाइएको छ । 


    images
    images

    Logo