images
images

एमजी जेडएस इभीको लागि बुकिङ खुल्ला, कति पर्छ मूल्य ?


  • 503
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    एमजी जेडएस इभीको लागि बुकिङ खुल्ला, कति पर्छ मूल्य ?

    काठमाडौं । एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजी जेडएस ईभी (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । 

    आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाट देखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्याधिक कर बृद्धि भएता पनि एमीिको यस मोडलको गाडीको मुल्य जम्मा ५२ लाख ९९ हजार मात्र तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मुल्य ५२ लाख ४९ हजार रहेको थियो ।

    विश्वमा चर्चित एमजि ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफूलाइ एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ। विभिन्न विद्युतीय मोडलका उपलब्ध गराएको एमजीले नेपालमा सर्वाधिक रुचाइएको ब्राण्ड मध्ये एक हो। 

    कोभिडपश्चात विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्राण्डको बढ्दो अत्याधिक विक्रीका कारणले एमजीले विश्व बजारमा आफ्नो ईभीको मूल्य घटाउन सफल भएको । त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि कारण पनि जेडएस ईभी (डिलक्स) मोडलमा धेरै प्रभाव परेको छैन। प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टक ५२ लाख ४९ हजारमा बिक्री गर्ने जनाएको छ।

    नयाँ एमजी जेडएस ईभी (डिलक्स) ९९ मोटर पीक पावरले सुसज्जित छ जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ। र, ५१ किलोवाट ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ। यो ईभी ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जानकारी दिएको छ। यसमा ८ वर्ष ब्याट्री वारेन्टी छ।

    सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड लगायत फिचरहरु छन्। मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम छन्। साथै ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४ वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ।

    एमजि जेड एस ईभी (डिलक्स) भेरियन्ट ५ रंग विकल्पहरूमा डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लूमा उपलब्ध छन्।


    images
    images

    Logo