काठमाडौं । शाओमीले भव्य एक्सचेन्ज अफरको सार्बजनिक गरेको छ । जसमार्फत ग्राहकहरूले कुनै पनि ब्रान्डको आफुले हाल चलाउँदै गरेको स्मार्टफोनहरूसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् ।
साथै ग्राहकहरुले रेडमी १२ पाइभ जी खरिद गर्न चाहेमा थप १००० छुट पनि पाउने छन् । ग्राहकहरूलाई आफ्नो पुरानो स्मार्टफोनहरू साट्नका लागि सुनौलो अवसर प्रदान गर्दै शाओमीले इलेक्ट्रोनिक वस्सट घटाउने र दिगोपन प्रवर्द्धन गर्ने प्रतिबद्धता गरेको छ ।
एक्सचेन्ज अफरको बारेमा चर्चा गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने, “यो एक्सचेन्ज अफर हाम्रा ग्राहकहरूमाझ ल्याएर ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनहरूको .गुणस्तर र नवीनतम सुविधाहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यसैबीच रेडमी १२ पाइभ जीको खरिदमा थप १००० छुट प्रदान गर्दै हामी हाम्रा ग्राहकहरूलाई शाओमी रोज्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छौँ ।“
ग्राहकहरूले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् । ग्राहकहरूले “नयाँ पुरानो एक्सचेन्ज“ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गर्न सक्नेछन् । नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुका लागि यो अफर अझै आकर्षक बन्ने कम्पनीको दाबी छ ।



