images
images

नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’, बेस रेटमा १ प्रतिशत प्रिमियम


  • 1.5K
    SHARES
  • २०८० जेठ २१ गते आइतबार

    नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’, बेस रेटमा १ प्रतिशत प्रिमियम

    काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले विश्व वातावरण दिवसको अवसरमा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको हो ।

    आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नबिल बैकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उक्त कर्जा योजनाको बढाइएका हुन्। उनले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताए । 

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङ योजनाअनुसार होम लोन दिन लागिएको बताए । बैंकलेस्मार्ट पानी र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा यो योजना ल्याएको उनले जानकारी दिए ।


    बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले ७ वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    सात बर्ष भन्दा बढि अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र ७ बर्ष पछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधार दरमा १ दशमलब ५ प्रतिशत जोडि हुने व्याजदरमा प्राप्त गर्न सक्नेछन् ।  साथै यस स्किम अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि बैंकले उपलब्ध गराउने छ।  


    यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्ष सम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिनेछ । 

    यो कर्जाकर्जा पाउनका लागि आन्तरिक उपकरण प्रयोग गर्ने, विद्युत कम प्रयोग गर्ने (घर बनाउँदा प्रयोग भएका उपकरण प्रकाश आउने खालका प्रयोग गर्ने) र घरमा वैकल्पिक ऊर्जा प्रयोग गरेको हुनुपर्ने सर्त बैंकले राखेको छ ।


    images
    images

    Logo