काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १७ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कायम महासंघले जनाएको छ ।