काठमाडौं । नेपाली स्मार्टफोन बजारमा ‘रेड मी १२ सी’ को बिक्री सुरु गरिएको छ । कम्पनीले सुरुवाती मूल्य १३ हजार रुपैयाँको हाराहारीमा रहेको स्मार्टफोनले उत्कृष्ट सुविधाका साथमा प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्ने जनाएको छ ।
स्मार्टफोनमा मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ । जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्छ र जस्तोसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्नेछ । मोबाइलमा ५ हजार एमएच ब्याट्री, ६।७१ एचडी डिस्प्लेसमेत रहेको छ ।
कम्पनीले हाल रेड्मी १२ सीको ३ जीबी प्लस ३२ जीबी क्षमताको १३ हजार ४ सय ९९ रुपैयाँ, ४ जीबी प्लस ६४ जीबी क्षमताको १४ हजार ४ सय ९९ रुपैयाँ र ६ जीबी प्लस १ सय २८ जीबी क्षमताको १६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराएको छ ।



