images
images

टेलिकमले घटायो ८० प्रतिशतसम्म रोमिङ शुल्क


  • 431
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    टेलिकमले घटायो ८० प्रतिशतसम्म रोमिङ शुल्क

    काठमाडौं । नेपाल टेलिकमले रोमिङ सेवाको महसुल दर ८० प्रतिशतसम्म घटाएको छ । टेलिकमले भारत र थाइल्याण्डमा प्रिपेड तथा पोस्टपेड सेवा प्रयोग गर्दा लाग्ने रोमिङ शुल्क क्रमशः ३० रुपैयाँ र १३५ रुपैयाँबाट घटाएर क्रमशः ७ रुपैयाँ र ५० रुपैयाँ कायम गर्ने भएको हो । 

    हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्ने व्यवस्था छ । टलिकमले शुल्क घटाएपछि ती सबै शुल्क ७ रुपैयाँ कायम रहनेछ । 

    त्यस्तै, हाल थाइल्याण्डका कुनै नम्बरमा कल गर्दा १३५ रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा  ९० रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने व्यवस्था छ । शुल्क घटेपछि नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट ५० रुपैयाँ, आएको कल उठाउँदा प्रति मिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ लाग्ने छ । 

    त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ शुल्क भएकोमा मूल्य घटेपछि प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव ५ रुपैयाँ मात्र लाग्ने छ । 

    उक्त व्यवस्था जेठ ३ देखि लागु हुने टेलिकमले जनाएको छ । 


    images
    images

    Logo