images
images

युक्रेन युद्धः कीभमाथि आक्रमण रोकिएन


  • 194
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    युक्रेन युद्धः कीभमाथि आक्रमण रोकिएन

    रुसले युक्रेनको राजधानी कीभमा यसै महिना आठ पटक भारी हवाई आक्रमण गरेका छ, जसमा तीन जना घाइते भएका छन् । सामाजिक सञ्जालहरुमा रहेका भिडियोमा हवाई रक्षा प्रणालीले शहरमाथि मिसाइलहरु खसालेको देख्न सकिन्छ । 

    क्षेप्यास्त्र प्रहार हुनलागेको थाहा पाउना साथ सरकारी सञ्चार माध्यमले मानिसहरुलाई झ्याल नजिक नबस्न चेतावनी दिएको थियो । 

    सहरका मेयर भिटाली क्लिट्स्कोले मिसाइलका टुक्राहरु सहरको चिडियाखाना लगायत अन्य प्रमुख क्षेत्रहरुमा खसेको बताए । 

    सोमबार लगभग २ः३० मा आक्रमणको चेतावनी दिने अर्लाम बज्यो । करिब दुई घण्टा पछि मात्र उक्त अर्लाम बन्द गरियो । 

    रुसले आफ्नो देशमाथि ठूलो आक्रमण गरेको कीभका एक अधिकारीले बताए । ‘ड्रोन र मिसाइल दुबै प्रहार गरिएको थियो’ उनले भने । उक्त आक्रमण थोरै अवधिमा सबैभन्दा धेरै मिसाइल प्रहार गरिएको आक्रमण रहेको युक्रेनी राजधानीको शैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले ब्यारेजलाई बताए । ‘प्रारम्भिक जानकारीअनुसार, रुसले आक्रमणका लागि पठाएका अरु धेरै क्षेप्यास्त्रहरु कीभको आकाशमा फेला पारिएको थियो । जसलाई नष्ट गरियो’ उनले भने । 

    पछिल्ला केही दिनहरूमा, राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युरोप भ्रमणमा छन् । भ्रमणमा उनलाई बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन लगायत पश्चिमी सहयोगीहरूले धेरै अरब डलरको सैन्य उपकरण दिने वाचा गरेका छन् ।

    गत वर्षको फेब्रुअरी २४ मा रसियाले युक्रेनमा आक्रमण गरेपछि कयौं शहरहरु  ध्वस्त भएका छन् । लगभग ८.२ मिलियन युक्रेनीहरू युरोपमा शरणार्थीको रूपमा दर्ता भएका छन्, जसमध्ये २८ लाख रसियामा छन् । यस अवधिमा हजारौं सर्वसाधारण र लडाकुहरू पनि मारिएका वा घाइते भएका छन् ।


    images
    images

    Logo