काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका छन्।
उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उनी आफैँ परिसरमा आएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले राससलाई जानकारी दिए।
उनी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । त्यसपछि उनलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो ।
उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।