काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात गत साउनदेखि वैशाख महिनासम्ममा २९ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । १० महिनामा २ सय १९ वटा परियोजनाका लागि कुल २९ अर्ब ७४ करोड १ लाख ४३ हजार ७ सय ४ रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएका विभागले जनाएको हो ।
वैशाख महिनामा डेढ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागले जारी गरेको विवरणअनुसार १ महिनामा १ अर्ब ६४ करोड रुपैयाँ ८३ लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ ।
विभिन्न २८ वटा परियोजनाका लागि सो परिमाणमा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी परियोजना कार्यान्वयनमा आए १ हजार २ सय ७२ जनालाई रोजगारी मिल्ने विभागको भनाइ छ । यस्तै वैशाख महिनामा व्यवसायिक भिसा मार्फत १ सय ३१ लगानीकर्ता, ४७ प्रतिनिधि र १ सय १५ आश्रित लगानीकर्ता नेपाल आएका छन् ।
चालु आर्थिक बर्षको साउनदेखि वैशाख महिनासम्ममा १ हजार ३ सय ३४ लगानीकर्ता नेपाल आएका छन् ।



