काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन ।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा रायमाझी बुटवलबाट फरार भएका थिए ।सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।