images
images

जनताले दुःख नपाउने गरी काम गर्नु  : मन्त्री गुरुङ


  • 171
    SHARES
  • २०८० बैशाख ३१ गते आइतबार

    जनताले दुःख नपाउने गरी काम गर्नु  : मन्त्री गुरुङ

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उनले जनताको हित सोचेर काम गर्न आग्रह गरे ।

    उनले भने, “जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस् ।”कही कतै मेलमिलापको नाममा जघन्य अपराध गर्नेहरुसमेत छुटेको भन्ने सुनिएको भन्दै उनले कानुनको आँखाबाट अपराधी छुट्न नहुने बताए । महानगरपालिकाको न्यायिक समितिले गरेका काम सराहनीय भए पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए ।

    कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रसंशायोग्य रहेको बताए । न्याय दिन गठित न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो । 

    सो अवसरमा चितवन जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, जिल्ला बार एशोसियशन चितवन अदालतका अध्यक्ष खगराज कँडेल, भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडी, महानगरका पर्यटन विज्ञ डा विश्वराज सुवेदी लगायतको उपस्थिती रहेको थियो ।  

    महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाको न्यायिक समितिमा ठाडो निवेदन ४१ वटा उजुरी दर्ता भएको जानकारी दिए । जसमध्ये १३ वटा उजुरी मेलमलिाप भएको र अन्य मेलमिलापका लागि छलफलमा रहेको बताए । 

    यस्तै फिरादपत्र प्रक्रियाबाट १३ वटा निवेदन दर्ता भएका थिए । जसमध्ये ६ वटाको निर्णय भइसकेको र अन्य छलफलमा रहेको उनले बताए।


    images
    images

    Logo