images
images

सुडान द्वन्द्वले एक लाख इथियोपियाली स्वदेश फर्काउने संयुक्त राष्ट्रसंघको अनुमान


  • 207
    SHARES
  • २०८० बैशाख ३१ गते आइतबार

    सुडान द्वन्द्वले एक लाख इथियोपियाली स्वदेश फर्काउने संयुक्त राष्ट्रसंघको अनुमान

    सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले सो अनुमान गरेको हो ।

    सुडानबाट इथियोपिया प्रवेश गर्ने व्यक्तिको सङ्या, सुडानमा हाल चलिरहेको राजनीतिक अवस्थाका कारण  बढ्न सक्ने पनि प्रक्षेपण गरिएको छ । अहिलेसम्म यस्ता व्यक्तिहरूको सङ्ख्या १८ हजार ५०० नाघेको छ ।  सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको बारेमा पछिल्लो स्थिति बढ्दो क्रममा छ । 

    अप्रिलको मध्य देखि नै सुडानबाट आउने मानिसहरूलाई इथोपियाले आश्रय दिरहेको छ ।

    इथियोपियाबाट फर्केकाहरू, तेस्रो–देशका नागरिकहरू, साथै सुडानीहरू अम्हारा, बेनिशाङ्गुल गुमुज र गाम्बेलाका क्षेत्रहरूमा सीमा पार गर्ने बिन्दुहरू मार्फत इथियोपिया प्रवेश गरिरहेका छन् ।


    images
    images

    Logo