काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ८ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । जसमा ६ अर्बको नयाँ जारी गर्ने लागेको हो ।
त्यस्तै, १८२ दिनको लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारुी गर्ने भएको छ भने ३६४ दिनको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको जेठ ३० गते परिपक्क हुनेछ भने ९१ दिनको साउन ३० गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको कात्तिक २८ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ जेठ १ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



