काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न र तुलनात्मक रुपमा कम क्षमताका कारको प्रयोग बढाउन १ सय किलावाटसम्म मोटर भएका कारमा १० प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरेको छ ।
सरकारको मनसाय अनुसार १ सय किलोवाट सम्मका इलेक्ट्रिक गाडीहरु तुलनात्मक रुपमा सस्ता हुन्छन र भन्सार बढि भएको कारणबाट मंहगा इलेक्ट्रिक गाडीहरु नेपाल आउदैनन् जस्ले गर्दा नेपालको बिदेशी सञ्चितिमा खासै असर पर्दैन भन्ने रहेको पाइन्छ ।
सरकारको बुझाई अनुसार १ सय किलोवाटभन्दा कम क्षमताका इलेक्ट्रिक गाडीहरुमा बेट्री लगायत अन्य उपकरणहरु पनि तुलानात्मक रुपले सस्तो हुन्छ भन्ने छ । तर नेपालका इभि गाडी आयातकर्ताहरुले सरकारले बनाएको यही भन्सार दरबन्दीमा मोटर क्षमता मात्र उल्लेख गरेको कारण उक्त क्षुद्र बाटो पहिल्याएर मंहगा इलेक्ट्रिक गाडीहरु समेत सफट्वेयरमार्फत मोटर क्षमता नियन्त्रण गरेर भन्सार कम तीरेर नेपाल भित्र्याई मनग्य नाफा कमाई रहेका छन् । यसबाट मंहंगा इभि आयात गर्दा नेपालको बिदेशी बिनिमय बढि खर्च भई रहेको छ भने सरकारले राजस्व समेत गुमाउदै आएको छ ।
हालको ब्यवस्था अनुसार १ सय किलोवाट पिकपावर भएको मोटर जडान भएका गाडीहरुको भन्सार जम्मा १० प्रतिशत मात्र लाग्ने गरेको छ भने अन्तःशुल्क पुर्ण रुपमा छुट दिईएको छ । त्यस्तै, १०० देखि २०० किलोवाट क्षमताको मोटर जडान भएको इलेक्ट्रिक गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । २०० देखि ३०० सम्म पिकपावर भएको मोटर जडित इलेक्ट्रिक कारमा ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने गरको छ । साथै, ३०० किलोवाट भन्दा बढि क्षमताको मोटर जडित इलेक्ट्रिक गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लाग्ने गरेको छ ।
नेपालमा हाल आयात भईरहेका १०० किलोवाट उल्लेख भएका इलेक्ट्रिक गाडीहरु वास्तमा सो भन्दा बढि क्षमताका हुन । इलेक्ट्रिक गाडीहरुमा प्रयोग भएको मोटरको क्षमतालाई सफ्टवेयर मार्फत नियन्त्रण गर्न सकिन्छ । जसरी हाम्रो घरको पंखालाई कन्ट्रोलरमा उल्लेखित १,२,३,४ स्पिड देखाएको ठाउमा घुमाउदै पंखाको स्पिडलाई नियन्त्रण गर्न सकिन्छ त्यसै गरि इलेक्ट्रिक गाडीमा भएको मोटरलाई सफ्टवेयर मार्फत नियन्त्रण गर्न सकिन्छ ।
हामीले पसलमा गएर पंखा किन्दा म चाहि २ को स्पिडमा मात्र चलाउने हो, त्यसैले पंखाको मुल्य घटाई दिनु प¥यो भन्दा पसलेले मुल्य कम गर्छ त ? गर्दैन न नि, जुनसुकै स्पिडमा घुमाए पनि पंखाको मुल्य एउटै पर्छ । त्यसै गरि १ सय ५० किलोवाट क्षमताको मोटर जडित इलेक्ट्रिक गाडीमा पनि सफ्टवेयरको मद्तले मोटरको पावर १०० किलोवाट वा सो भन्दाकममा नियन्त्रण गरेर ल्याउदैमा बिक्रेता कम्पनीले गाडीको मुल्य कम गर्दैन ।
गाडी आयात गर्दा नेपालबाट बाहिर देशमा जाने रकममा कमि आउदैन तर इलेक्ट्रिक गाडीका आयातकर्ताले मोटरको पावरलाई सफ्वेयमार्फत नियन्त्रण गरि १०० किलोवाट देखाएर नेपाल सरकारलाई तीर्ने भन्सार तथा अन्तःशुल्ककमा तिरी रहेका छन् ।
यसबाट नेपाल सरकारले इलेक्ट्रिक कारहरुमा दिईआएका भन्सार तथा अन्तःशुल्कको दुरुपयोग भई रहको छ । वास्तवमा सरकारले मोटरको क्षमताको आधारमा मात्र भन्सार छुट दिने ब्यवस्था गर्नु नै गलत छ । सानो क्षमताका इलेक्ट्रिक गाडीहरुलाई यदि भन्सार छुट दिने नै हो भने पनि केवल मोटर क्षमतालाई मात्र आधारमा लिनु हुदैन, गाडीको ब्याट्रीको क्षमता तथा अन्य प्यारामिटरहरु समेतलाई खुलाएर मात्र भन्सार तथा अन्तःशुल्कमा छुट दिने ब्यवस्था गरिनु उपयुक्त हुन्छ ।
अहिलेको भन्सारको ब्यवस्थालाई निरन्तरता दिने हो भने व्यवसायीहरुले ठूलो मोटर क्षमता भएकाविद्युतीय कारमा समेत मोटरको पिकपावर घटाई १ सय किलावाटमात्र बनाएर ल्याउने ट्रेन्ड नै बसेको छ । बीवाईडीको आधिकारिक बिक्रेताले प्रयोग गरेको यो कानूनको छिद्र एमजीहुँदै टाटासम्म आइपुगेको छ। यी सबै कम्पनीले १ सय किलोवाटभन्दा बढी क्षमत ाभएका विद्युतीय कारको मोटर क्षमता सयमा सीमितगरि धमाधम नेपाल ल्याइरहेका छन्।
सबै भन्दा पहिल ेबीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सुरुमा १ सय ५० किलावाट पिकपावर भएको एटो–३ लाई १ सयकिलोवाट मोटरमा ल्याएको हा े। साइसेक्सले ल्याएपछि एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटरले एमजी जेडएस ईभी १ सय किलोवाट मोटरमा ल्याएको हो । कम्पनीले ल्याएको १ सय किलोवाटको जेडएस ईभी हालैबाट बिक्री सुरु भएको छ ।
एजमी जेडएस ईभी सुरुमा नेपाल आउँदा १ सय १५ किलोवाट मोटरमा आएको थियो। सरकारले कर बढाएपछि करिब डेढ वर्षसम्म जेडएस ईभी नेपाल आउन सकेको थिएन । सुरुमै पारामाउन्ट मोटरले ८५ किलोवाटमा त्यही जेडएस ईभील्याउने तयारी गरेको थिया े। तर कानूनी छिद्र प्रयोग गरेको पहिलो दोष नैआफूलाई लाग्ने भएपछि एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर पछिहटेको थियो । बीवाईडी बिक्रेता साइमेक्सले बाटो खोलिदिएलगत्तै ९९ किलोवाट मोटर बनाएर जेडएस ईभी नेपाल ल्याइएको थियो।
बीवाईडी एटो–३ र एमजी जेडएस ईभीदुबै ९९ किलोवाट मोटरमा नेपाल भित्रिएपछि सिप्रदी ट्रेडिङले पनि टाटाको नेक्सन ईभीम्याक्स हालै नेपाली बजारमा सार्वजनिक गरिसकेको छ।
यी तीनवटै ब्रान्डका कार १सय किलोवाटभन्दा बढी मोटर क्षमतामा उत्पादन भएका कार हुन् ।
बीवाईडी एटो–३ मा सुरु उत्पादनमा १ सय ५० किलोवाटको मोटर दिइएको, एमजी जेडएस ईभीमा १ सय १५ किलोवाटको मोटर दिइएको र नेक्सन ईभीम्याक्समा १ सय ५ किलोवाटको मोटर दिइएको छ । तर कम १सयकिलोवाटसम्म मोटर भएका विद्युतीय कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत दस्तुरमात्र लाग्ने व्यवस्था छ ।
१ सय किलोवाटसम्म मोटर भएका विद्युतीय कारमा अन्तःशुल्क लाग्दैन । तर १ सय देखि २ सय किलोवाटसम्म मोटर भएकाविद्युतीय कारमा ३० प्रतिशतभन्सार र ३० प्रतिशत नै अन्तःशुल्क लाग्छ। त्यो भन्दा बढी मोटर क्षमताभएका कारमाअझ बढी कर लाग्ने व्यवस्था छ।
विद्युतीयमा करमाप्रयोगभएको मोटर जत्रो आकारमाभएपनित्यसले प्रवाहगर्ने विद्युतको क्षमता नियन्त्रण गर्न मिल्छ। उत्पादन कम्पनीले सफ्टवेयमार्फत मोटरको पिकपावर नियन्त्रण गरेर १ सय किलोवाटमात्र प्रवाहगर्ने गरि फिक्स गर्न सक्छन् । त्यसरी फिक्स गर्न लगाएर नेपाल ल्याउँदायहाँ कर कमलाग्ने व्यवस्था छ।
माथि उल्लेखित तीनवटै ब्रान्डका कार यसैगरि सफ्टवेयरको प्रयोग गरेर मोटरको पिकपावर १ सयकिलोवाट बनाएर ल्याइरहेका छन् । जसका कारण राज्यले एउटा कार बापत कम्तीमा ३० प्रतिशतभन्दा बढी कर गुमाउँदै आएको छ र त्यती नै बराबरको अन्तःशुल्क र भ्याट तथा सडक सम्भार दस्तुर गुमाउदै आएको छ । यसरी साना विद्युतीय कारलाई दिइएको छुट सुविधा ठूलो क्षमताका कारले प्रयोग गरेर ल्याउँदा राज्यको करोडौं राजस्वगुमी रहेको एकथरी व्यवसायीहरुको भनाइ छ। यसरी करोडौं राजस्वगुमी रहँदा यसबारे अर्थमन्त्रालयले गम्भीर चासोका साथ अध्ययन र छानवीन गर्न ढिलाई गर्न नहुने उनीहरुको भनाइ छ।
तर नेपाल अटोमाबाइल डिलर्स एसोशिएशनका पदाधिकारीहरु समेत सरकारलाई १०० किलोवाट मोटर क्षमताको गाडीहरुको भन्सार दरबन्दीमा परिवर्तन नगर्न दबाबदिदै लबिङ्खगर्दै हिडेका छन् । यस्तो कार्यमापहिले देखि नै ठूलो क्षमताको मोटरलाई सानो पावर हो भन्ने देखाई राज्यबाट भन्सार छुटको दुरुपयोग गरिरहेका ब्यवसायीहरु नै अग्रपङतीमा रहेका छन् । तर अब सरकारले यस आर्थिक बर्षको बजेट ल्याउदा केवलमोटर क्षमताको आधार मात्रलाई आधारमा नलिई अन्य प्यारामिटरहरुलाई पनि आधार मालिएर मात्रभन्सार छुटको ब्यवस्था गरिनु जरुरी देखिएको छ ।
नत्रभने मंहंगा र ठूलो क्षमताका कारहरु समेत सरकारले भन्सार मापनको लागि बनाएको ब्यवस्थाको छुद्रबाट छिरेर भन्सार छुटमा गाडीहरु आयातगरि ब्यापारीले मात्र अकुत नाफा आर्जन गर्ने देखिएको छ । उत्पादककम्पनीले ब्याट्रीको पिकपावर सामान्य सफ्टवेर प्रोग्रामिङ गरेर आवश्यकता अनुसार मोटरको पिकपावर निर्धारण गरेर पठाउन सक्छन्। यसरी मोटरको पिकपावर नियन्त्रण गर्दा आम मानिसले तुलनात्मक रुपमा सस्तोमा कार चढ्न पाएपनि सरकारले करोडौं राजस्वगुमाइ रहेको छ। यस बारेमा सरकारले आवश्यक कदम नचाल्ने हो भने आगामी दिनमा यस्तो प्रवृत्ति अझ मौलाउँदै जानेछ ।



