images
images

राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए सपथ 

  • 189
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए सपथ 

    काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन् । 

    बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका हुन् । यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले गत ८ वैशाखमा नै बुढाथोकीलाई सदस्य नियुक्त गरेपनि सपथ भने बाँकी थियो । 

    बुढाथोकीले आइतबारै सपथ पनि पदभार ग्रहण समेत गरेका छन् । आयोगको काम कारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताएका छन् । 

    आयोगको सदस्यका रुपमा यसअघि नै डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, प्रा.डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्मेवारी सम्हालिसकेका छन् । 

    को हुन् बुढाथोकी ? 
    बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएका व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक श्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले वेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र वेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन् । 

    नेपालबाहेक बुढाथोकीसँग इरान, वेलायत, बंगलादेश जस्ता मुलुकहरुमा काम गरेको अनुभव समेत छ । राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकी त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनको अनुभव साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थाहरुमा काम गरेको अनुभव समेत छ । 

    Logo