भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ सम्मानित भएका छन् । लामो समय देखि स्वास्थ्य क्षेत्रमा सेवा उल्लेख योगदान पुर्याएको भन्दै मृर्गौला पिडित सरोकार समाजले डा. श्रेष्ठलाई सम्मान गरेको हो ।
श्रेष्ठको नेतृत्वमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार भन्दा बढी मृर्गौलाको सफल प्रत्यारोपण गरेको छ । अंग फेल भएका व्यक्तिको उपचारमा मुलुककै अग्रणी स्थानमा रहेको केन्द्रले कलेजो समेत प्रत्यारोपण गरेको छ ।
शनिवार भक्तपुरमा मृर्गौला पिडित सरकोकार समाजको पाँचौं राष्ट्रिय महादिवेशनका अवसरमा सांसद दीपा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा। श्रेष्ठलाई सम्मान गरिएको हो ।
कार्यकारी निर्देशक डा. श्रेष्ठले अङ्ग फेल भएका र अंग नपाएर प्रत्यारोपण गर्न नपाइ मृत्यू बरण सम्म गर्नु पर्ने बाध्य भएकाहरूलाई सर्वसुलभ मुल्यमा उपचार गरेर जीवनदान दिएको मृर्गौला पिडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदी बताए । कार्यक्रममा बोल्दै डा। श्रेष्ठले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य सूचारु गर्न सबैले सहयोग गर्नु पर्ने बताए ।
प्रमुख अतिथि सांसद दिपा शर्माले अंगदान र प्रत्यारोपण कार्यमूलक बनाउन सरकारलाई घच्घच्याउने प्रतिवद्धता व्यक्त गरे ।



