images
images

मन्त्री आचार्यले लिए शपथ, महिन्द्र राय यादवको मन्त्रालय फेरियो


  • 220
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    मन्त्री आचार्यले लिए शपथ, महिन्द्र राय यादवको मन्त्रालय फेरियो

    काठमाडौं ।  नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चायले आज पद तथा गोपनियताको शपत लिएका छन् । उनलाई राष्टज्ञपति रामचन्द्र पोडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आर्चायलाई खुवाएका हुन् । 

    आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । पौडेलले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति गरी कार्यभार तोकेका हुन् ।

    rastrapati-office-release-745x1024.jpg

     


    images
    images

    Logo