काठमाडौं । काठमाडौं महानगरले टेलिफोन र इन्टरनेटका तार व्यवस्थियत गर्न अल्टिमेटम दिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै यस्ता तारहरु एकै पटक व्यवस्थित गर्न नसकिने जनाएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै काम अगाडि बढाइएको तर एकै पटक व्यवस्थित गर्न कठिनाई भएको उल्लेख गरेको छ । साथै, अहिले तार व्यवस्थापनका लागि सडक निर्माण हुँदा ‘युटिलिटी डक्ट’को व्यवस्थापन गर्न त्यसका लागि केही कानून निर्माण पनि भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा दशकौंदेखि टांगिएको तारहरुलाई छोटो समयमै व्यवस्थापन गर्न समस्या हुने भएकाले दिर्घकालिन समस्याको समाधान खोजीरहेको पनि उल्लेख छ ।