images
images

त्रिविको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने सरकारको निर्णय


  • 258
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    त्रिविको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा त्रिविको उक्त क्रिकेट मैदानको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने निर्णय गरेको हो । 

    वैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललार्ई जनही ३ लाख रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । 

    त्यस्तै, आगामी वैशाख २४ गते संसद अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

    विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णयसमेत गरेको छ । 


    images
    images

    Logo