चितवन । चितवनका एक पोल्ट्री व्यवसायी मृत फेला परेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नै अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा भेटिएका हुन् । अनमोल फिड्सका सञ्चालक कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको चितवन प्रहरीले जनाएको छ ।
कँडेल साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईले कँडेलको निधनले नेपालको पोल्ट्री व्यावसायमा ठूलो क्षति भएको बताए