images
images

टेलिकमले ल्यायो आईसीटी डे अफर, यस्ता छन् सुविधाहरु


  • 402
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    टेलिकमले ल्यायो आईसीटी डे अफर, यस्ता छन् सुविधाहरु

    काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर ल्याएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आइतबारदेखि सुरु भएको छ । यो अवसर १९ गतसम्म लागू हुने कम्पनीले जनाएको छ । 

    यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको छ  । 

    यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा  ६ जीबी डाटा ३ दिन चलाउन सकिनेछ, १ सय ९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

    ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ । 


    images
    images

    Logo