काठमाडौं । एनसेल आजियटाले अब प्रयोगकर्तालाई ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । एनसेलले बिहीबार सूचना जारी गर्दै ९८० रेन्जको सिमकार्ड सकिएकाे र अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको जनाएको छ ।
एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेन्जका लागि स्वीकृति पाइसकेको छ ।
‘यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९-१२-६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७० देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं,' कम्पनीको सूचनामा भनिएको छ, 'यस नम्बरका साथ आगामी दिनहरूमा हामी हाम्रा ग्राहकहरूलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्नेछौं ।’ एनसेलले जारी गरेको सूचनामा उल्लेख छ ।



