काठमाण्डौं । आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त आईीिओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
मंगलबार आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन्।
आईएमईले आफ्नो १ अर्व जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि आईपीओ गर्न लागेको छ । आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ ।
आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।



