images
images

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा २ हजार क्यासब्याक


  • 354
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा २ हजार क्यासब्याक

    काठमाडौं ।  नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए ३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।

    सामसङले नबिल बैंकसंगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो । सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । 

    यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५ हजार एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन् ।

    नबिलको कार्डका लागि देशका २ सय ५३ शाखाहरुमध्ये कुनै पनि शाखाबाट अथवा एनबैंकबाट लिन सकिनेछ । 
    यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।


    images
    images

    Logo