images
images

‘शून्य कोभिड’ नीति हटाएपछि चीनको अर्थतन्त्रमा सुधार


  • 312
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    ‘शून्य कोभिड’ नीति हटाएपछि चीनको अर्थतन्त्रमा सुधार

    चीनको अर्थतन्त्र सन् २०२३ को पहिलो त्रैमासमा ४.५ प्रतिशतले बढेको छ । देशले कठोर रुपमा लागु गरेको ‘शून्य कोभिड’ नीतिको अन्त्यपश्चात् भएको उक्त वृद्धिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र पुनः प्राप्तिको मार्गमा रहेको संकेत गर्छ । 

    मार्चमा नेशनल पिपुल्स कांग्रेसको वैठकमा २०२३ मा चीनका लागि ५ प्रतिशत वृद्धिको लक्ष्य राखिएको थियो । उक्त लक्ष्यको तुलनामा पहिलो त्रैमासमा भएको वृद्धिको दर कम हो । तर पनि वृद्धिदर बजारको अपेक्षा भन्दा बढी नै रहेको छ । 

    मंगलबार सार्वजनिक गरिएको आधिकारिक आर्थिक तथ्यांकले अर्थतन्त्र उकालो लाग्ने संकेतलाई बलियो बनाएको छ । 

    नेशनल ब्यूरो अफ स्ट्याटिस्टिक्सको तथ्यांक अनुसार खुद्रा बिक्री वार्षिक १०.६ प्रतिशतले बढेको छ । जबकि सेवा उत्पादनको मूल्य अभिवृद्धि ५.४ प्रतिशतले बढेको छ । मार्चसम्ममा औद्योगिक उत्पादनको मूल्य अभिवृद्धि वार्षिक रुपमा ३ प्रतिशतले बढेको छ । चीनको उत्पादन वृद्धिको मापक– खरिद प्रबन्धक सूचकांक, फेब्रुअरीमा ५२.६ प्रतिशतबाट ५१.९ मा झरेको छ । उक्त सूचकांकमा ५० भन्दा माथिको रिडिङलाई विस्तार भएको मानिन्छ । 

    फ्रान्सेली कर्पोरेट र लगानी बैंक न्याटिक्सिसमा एशियाका लागि मुख्य अर्थशास्त्री एलिसिया गार्सिया हेरेरोले भनिन्, ‘तथ्यांक एकदम राम्रो थियो’ तर वास्तविकता भन्दा थोरै राम्रो चित्रण गरिएको हुनसक्छ । किनभने लक्ष्य मार्च २०२२ मा राखिएको थियो जब चीनमा लकडाउनका कारण आर्थिक गतिविधि नै भएको थिएन । 

    कठोर ‘शून्य कोभिड नीति, सिमाना बन्द, सामूहिक परीक्षण र शाङ्घाईको वित्तीय पावरहाउस जस्ता ठूला सहरहरूमा महिनौं लामो तालाबन्दीका बीच गत वर्ष चीनको अर्थतन्त्र ३ प्रतिशतले वृद्धि भएको थियो । उक्त दर सन् १९७६ पछिको दोस्रो सबैभन्दा कम दर हो । 

    अन्य देशहरुमा देखिएको उच्च मुद्रास्फीतिलाई रोक्नतर्फ नलागी बेइजिङले अर्थतन्त्रलाई रिकभरीमार्फत् अघि बढाउने प्रयत्न गरिरहेको गार्सिया हेरेरोले बताइन् । खुद्रा बिक्रीमा भएको उछालका बावजुद मार्चमा चीनको उपभोक्ता मूल्य सूचकांक वार्षिक रुपमा ०.७ प्रतिशतले मात्रै बढेको छ । 

    चीनको कम्युनिष्ट पार्टीले महामारीको समयमा हुन गएको उच्च युवा बेरोजगारीलाई भरपाई गर्न रोजगारी सिर्जनामा विशेष ध्यान केन्द्रीत गर्दै २०२३ मा आर्थिक स्थिरतालाई उच्च प्राथमिकता दिएको छ । यस वर्षको सुरुमा बेइजिङले १२ मिलियन रोजगारी सिर्जना गर्ने योजना बनाएको थियो । 

    बेइजिङको ‘शून्य कोभिड’ नीति र त्यसले अर्थतन्त्रमा पारेको प्रभावको निराशाले २०२२ को अन्त्यमा चीनका ठूला शहरहरुमा ठूलो विरोध प्रदर्शनी भएको थियो । जुन चीनका लागि दुर्लभ हो । उक्त विरोध प्रदर्शनीका कारण चीनले कडा प्रतिबन्ध अन्त्य भएको विश्वास गरिन्छ । 

    अल जजीरा


    images
    images

    Logo