images
images

टेलिकमले ल्यायो नयाँ बर्षको अफर, यस्ता छन् सुविधाहरु


  • 408
    SHARES
  • २०७९ चैत्र २९ गते बुधबार

    टेलिकमले ल्यायो नयाँ बर्षको अफर, यस्ता छन् सुविधाहरु

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउन लागेको हो । 

    कम्पनीले ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ । 

    यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

    त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार २ सयदेखि ४ सय ९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ५ सय र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ । 

    टेलिकमको सो अफर भोलि (२०७९ चैत ३०) देखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुने कम्पनीले जनाएको छ । 


    images
    images

    Logo