काठमाडाैं । नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ ।
सो अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको कम्पनीले दाबि गरेकाे छ । जस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजारमा उपलब्ध हुनेछ । पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ ।
त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ ।
यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिएको पनि कम्पनीले जनाएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा त्जचयततष्लन क्उभभम मा बढोत्तरी गरिएको छ ।
प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *1442# डायल गरी सुलभ दरको एड अन प्याक (ब्मम इल एबअप) पनि प्राप्त गर्न सकिन्छ ।
स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1442# डायल गर्नुपर्ने छ ।



