images
images

ऊर्जाको लागतमा गिरावटसँगै यूरोक्षेत्रको मुद्रास्फीतिमा कमी


  • 374
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    ऊर्जाको लागतमा गिरावटसँगै यूरोक्षेत्रको मुद्रास्फीतिमा कमी

    काठमाडौं । युरो क्षेत्रमा मुद्रास्फीति मार्चमा अपेक्षा गरिएभन्दा निकै कम भएको छ । ऊर्जाको लागत घटे पनि खाद्यान्नको मूल्यमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

    एटलान्टिक क्षेत्रको दुवै किनारका लगानीकर्ताहरू केन्द्रीय बैंकहरूले के कदम चाल्नेछन् भनेर मापन गर्न र मुद्रास्फीतिको अवस्था घोषणा गर्न तयार रहेका छन् । 

    अधिक वृद्धिले उनीहरूको बैङ्किङ्ग क्षेत्रलाई असर गर्न सक्ने जोखिमहरूको बिरूद्ध केन्द्रीय बैङ्कहरूले ब्याज दर वृद्धिको साथ मुद्रास्फीतिलाई नियन्त्रण गर्न सावधानीपूर्वक सन्तुलन गर्नु आवश्यक छ ।

    युरापेली सङ्घ (ईयू) को तथ्याङ्क कार्यालयकाका अनुसार युरो क्षेत्रमा उपभोक्ता मूल्य वार्षिक रूपमा ६।९ प्रतिशत कायम भएको छ जुन फेब्रुअरीमा ८.५ प्रतिशतले घटेको थियो । यो एक वर्षयताकै सबैभन्दा कम दर हो ।

    ब्लुमबर्ग र वित्तीय डाटा फर्म फ्याक्टसेटका विश्लेषकहरूले मार्चमा एकल मुद्रा क्षेत्रमा मुद्रास्फीति दर ७.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए ।

    अक्टोबरमा १०.६ प्रतिशतको उच्च बिन्दुबाट ओरालो लागे पनि युरो क्षेत्रको मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।

    ईसीबीले रातो–तातो मुद्रास्फीतिलाई नियन्त्रण गर्न बारम्बार ब्याज दरहरू बढाएको छ तर अर्को दर वृद्धिको आकार बैङ्किङ्ग क्षेत्रमा हालैको उथलपुथलपछि अस्पष्ट छ ।

    युरोस्टाटका अनुसार फेब्रुअरीमा १३.७ प्रतिशतले बढेको ऊर्जाको मूल्य मार्चमा ०।९ प्रतिशतले घटेको छ ।

    रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण गत वर्ष तेल र ग्यासको मूल्य बढेको थियो तर हालैका महिनाहरूमा यो अझ स्थिर भएको छ । यसलाई हल्का मौसमले पनि मद्दत गरेको छ ।

    खाद्य तथा पेय पदार्थको मूल्य मार्चमा १५.४ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनामा १५ प्रतिशत थियो ।

    युरो क्षेत्रका वरिष्ठ अर्थशास्त्री बर्ट कोलिजनले भने, “यसले मूल्यको चाप तत्कालका लागि उच्च रहेको सङ्केत गर्छ, यद्यपि आगामी महिनाहरूमा यसमा सुधार आउनेछ ।


    images
    images

    Logo