images
images

एनआईसी एशिया बैंकको कार्ड सम्बन्धी कारोबार २ दिन बन्द हुने


  • 360
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    एनआईसी एशिया बैंकको कार्ड सम्बन्धी कारोबार २ दिन बन्द हुने

    काठमाडौं । एनआईसी एशिया बैंकको कार्ड सम्बन्धी सम्पुर्ण कारोबार २ दिन बन्द हुने भएको छ । बैंकले सूचना जारी गर्दै सो जानकारी गराएको हो । 

    बैंकका अनुसार भोली शुक्रवार राती १२ बजेदेखि आइतवार राती १२ बजेसम्म कार्डबाट हुने सम्पुर्ण कारोबार बन्द हुने भएको छ । 

    बैंकको कार्ड सेवा (डेबिट/क्रेडिट/प्रिपेड) को स्विच माइग्रेसन गनुपर्ने भएकाले बैंकको डेबिट/क्रेडिट/प्रिपेड कार्डबाट हुने सम्पुर्ण कारोबार तथा एटीएम/पीओएस मेशिनबाट हुने कारोबार समेत अवरुद्ध हुने बैंकले जनाएको छ । 

    सेवा अवरुद्ध भएको समयमा अत्यावश्यक कारोबार गर्न परेमा बैंकको सेवा केन्द्रमा सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ । 

    nic.jpg


    images
    images

    Logo