images
images

३४ प्रयोगशालाले गर्न छाडे कोरोना परीक्षण 


  • 328
    SHARES
  • २०७८ आषाढ १४ गते सोमबार

    ३४ प्रयोगशालाले गर्न छाडे कोरोना परीक्षण 

    काठमाडौं । ३४ प्रयोगशालाबाट कोरोना परीक्षण हुन छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशमा रहेका ९६ प्रयोगशालामध्ये ती संख्याका प्रयोगशालाबाट आइतबार कुनै पनि परीक्षण नगरिएको हो । 

    कोशी अस्पताल, न्यूरो कोभिड अस्पताल, धनकुटा अस्पताल, नारायणी अस्पातल, जलेश्वर अस्पताल, सिरहा अस्पताल, भरतपुर अस्पताल, पोखरा सवस्थ्य विज्ञान प्रतिष्ठान, छाउनी अस्पताल, केएमसी अस्पताल, परोपकार अस्पताल लगायत महत्वपूर्ण अस्पतालबाटै कोभिड परीक्षण हुन छाडेको हो । 

    यसले पछिल्लो समय कोभिडको संक्रमण घटेको देखाउने स्वास्थ्य अधिकारीहरु बताउँछन् । पछिल्लो साता ५३ हजार ७ सय ७३ जनाको परीक्षण गर्दा १२ हजार ६ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । 


    images
    images

    Logo