images
images

पीसीआर परीक्षणमा बढी शुल्क नलिन प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको चेतावनी


  • 536
    SHARES
  • २०७८ बैशाख १४ गते मंगलबार

    पीसीआर परीक्षणमा बढी शुल्क नलिन प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको चेतावनी

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको क्रममा निजी मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिने गरेको भन्दै त्यस्तो काम तत्काल रोक्न चेतावनी दिएको छ ।

    मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोगशालाले तोकिएको परीक्षण शुल्क २००० भन्दा बढी लिने गरेको गुनासो आएको भन्दै त्यसलाई तत्काल नरोके त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाउने चेतावनी समेत दिएको हो ।

    मन्त्रालयका एचइओसी प्रमुख डा. समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको छ । अहिले सरकारले सरकारी प्रयोगशालामा प्रतिपीसीआर परीक्षण १००० रुपैयाँ र निजी प्रयोगशालाको लागि २००० शुल्क तोकेको थियो । तर निजी प्रयोगशालाले ३००० रुपैयाँसम्म लिने गरेको गुनासो आउने गरेको छ ।


    images
    images

    Logo