images
images

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, के–के छन् विशेषताहरु


  • 340
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    नेपाल टेलिकमले ल्यायो विन्टर अफर, के–के छन् विशेषताहरु

    काठमाडौं । नेपाल टेलिकमल विन्टर अफर ल्याएको छ । टेलिकमले भोलीदेखि लागू हुनेगरि सो अफर ल्याएको हो । 

    कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको जनाएको छ । 

    टेलिकमले विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १ सय ९९ रुपैयाँदेखि ६ सय ९९ रुपैयाँ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध गराएको छ । 

    यस अफर अन्तर्गत जम्मा ६ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । यसैगरी ४ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल १९ हजार ६ सय एमबी डाटा (दैनिक ७ सय एमबी, दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । 

    जम्मा ३ सय ४९ मा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५ सय एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । जम्मा १ सय ९९ मा २८ दिनका लागि कुल ४ हजार २ सय एमबी डाटा (दैनिक १ सय ५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफर अन्तर्गतका १ सय ९९ देखि ६ सय ९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध रहेको टेलिकमले जनाएको छ। 

    कम्पनीका अनुसार स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको छ । जसमा १ सय ३० रुपैयाँमा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ । १ सय र २ सयका स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिनेछ । 

    त्यस्तै,  एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आइपीटीभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ । अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयामा र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।  

    पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको ३ सय ७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र ३ सय ७३ रुपैयाँमै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याकमा रेन्टल समाबेश गरी निरन्तरता प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत ५ सय ९९, ७ सय ९९, ९ सय ९९ र १ हजार ४ सय ९९ का असिमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २ सय ५० मिनेट कुराकानी गर्न वा दैनिक १ जिबी डाटा प्रयोग गर्न सकिने ३० दिनको ५ सय ९९को प्याक उपलब्ध छ । 

    साथै, ७ सय ९९ मा कम्पनीभित्रकै नेटवर्कमा असिमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५ सय मिनेट कुराकानी गर्न सकिने, अल नेट २ सय वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डाटा ३० सम्म चलाउन सकिन्छ । ९ सय ९९ र १ हजार ४ सय ९९ का ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असिमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४ सय वटा र १ हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

     


    images
    images

    Logo