काडमाडौं । एनआईसी एशिया बैंकले क्यास डिपोजिट मेसिन गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना विभिन्न १० शाखामा यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।
यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ्ग समय भित्र खाता नम्बर र मोबाइल नम्बरको आधारमानगद जम्मा गर्न सकिने व्यवस्था छ । सो मेसिनबाट एक पटकमा धेरैमा ९९ हजार ५ सय रूपैयाँ र १ दिनमा ९ लाख ९९ हजार ५ सय रूपैयाँसम्म नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
खातामा रकम जम्मा गर्ने तरिका
बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्ने त्यसपछि बचतकर्ताको मोबाइलमा अस्थायी पासवर्ड ९इलभ त्ष्mभ एबककधयचम(इत्ए० कोड आउँछ उक्त कोड क्यास डिपोजिट मेसिनमा टाइप गर्ने । त्यसपछि बचतकर्ताले उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुनेछ ।




