images
images

अबको निषेधाज्ञा : सवारी साधनमा जोरविजोर प्रणाली, चिया पसलदेखि सपिङ मलसम्म खुल्ने


  • 1.5K
    SHARES
  • २०७८ आषाढ ६ गते आइतबार

    अबको निषेधाज्ञा : सवारी साधनमा जोरविजोर प्रणाली, चिया पसलदेखि सपिङ मलसम्म खुल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा अब भने केहि सहज हुने भएको छ । सवारी साधनको सञ्चालन समेत खुला गर्ने गरी आज काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्ने भएका छन् । 

    उपत्यकामा संक्रमण घट्दै गएको र बन्दाबन्दीले तल्लोस्तरका नागरिकस्तरको जीवन यापन थप कष्टकर बन्दै गएकोले सरकारले निषेधाज्ञा खुकुलो बनाउन लागेको हो ।

    आज दिउँसो बस्ने सीडीओहरूको बैठकले सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने तयारी गरिएको छ । स्मार्ट लकडाउने गर्ने तयारी गरिरेको सरकारले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै असार ८ गतेदेखि सपिङ मल, होलसेल, फेन्सी, भाँडा पसल खुलाउने तयारी थालेको हो । 

    साथै यो अवधिमा खाजा र चिया पसल पनि खुलाउनेबारे छलफल भएको बताइएको छ । यी पसलहरू खुला गरिएपनि ग्राहकहरूले बसेर खाजा तथा चिया भने खान पाउने छैनन् ।

    सरकारले पछिल्लो पटक लागू गरेको निष्ोधाज्ञा भोलिदेखि सकिने भएकोले आज दिउँसो सीडीओहरूले बैठक बस्न लागेका हुन् । यसअघि सीडीओहरूको बैठकले असार ७ पछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । अबको निषेधाज्ञा थप एकहप्ता खुकुलो बनाएर त्यसपछिको रिपोर्टलाई हेरेर थप प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 
    हाल जारी निषेधाज्ञा केही खुकुलो भएपनि तत्काल निषेधाज्ञा भने हट्ने छैन । 


    images
    images

    Logo