images
images

वाणिज्य बैंकभन्दा बढी ब्याजमा सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ऋणपत्र


  • 550
    SHARES
  • २०७८ आषाढ ६ गते आइतबार

    वाणिज्य बैंकभन्दा बढी ब्याजमा सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ऋणपत्र

    काठमाडौं । वाणिज्य बैंकले भन्दा विकास बैंकले ऋणपत्रमा बढी ब्याज दिने भएको छ । आज नै ऋणपत्र खुला गरेको एनआईसी एशिया बैंकले साढे ८ प्रतिशतमा ऋणपत्र खुला गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । 

    बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

    सोमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । बाँकी ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

    बैंकले आज (असार ६ गते) देखि ९ प्रतिशत ब्याज दिने गरी ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

    सो ऋणपत्र खरिद गर्नको लागि छिटोमा असार ९ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २० गतेसम्म लम्बिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

     


    images
    images

    Logo