images
images

भारतीय सरकारद्वारा ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति


  • 423
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    भारतीय सरकारद्वारा ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति

    काठमाडौं ।  भारतीय सरकारले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको छ ।

    भारतले पाँच महिना अघि गहुँ निर्यातमा प्रतिबन्ध लगाए पछि चोर बाटोबाट नेपालमा गहुँ भित्रिरहेको थियो । नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महँगो मूल्य तिर्नुपरे पछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए ।

    नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो।  बुधबार भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्मका लागि भारतबाट नेपालमा ५० हजार टन गहुँ निर्यात गर्ने अनुमति दिएको हो ।

    त्यसैगरी महानिर्देशनालयले नेपाललाई ५० हजार टन गहुँ आयातका लागि आवश्यक विवरण उपलब्ध गराउन समेत भनेको छ ।

    भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली भान्सा महँगिएको थियो । एकातिर व्यवसायीले कालोबजारीबाट गहुँ किन्नुपर्ने बाध्यता थियो। जसले नेपाली उपभोक्ताले महँगो मूल्य तिरेर गहुँबाट बन्ने अन्य प्रडक्ट खरिद गर्न बाध्य थिए ।

    गहुँबाट विभिन्न अन्य वस्तुहरु बन्छ । अहिले ती वस्तुको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढेको थियो । त्यही भएर नेपाली पक्षले भारतीय सरकारलाई आग्रह गरेर गहुँ निर्यात खोलेको हो ।

    नेपालले ८ लाख टन गहुँ नेपालमा खपत हुने तथ्यांक प्रस्तुत गरे पनि भारतीय पक्षले उक्त तथ्यांकलाई लिएर शंका गरेको थियो । नेपालमा यति धेरै गहुँ निर्यातको अनुमति दिँदा यहाँबाट पुन निर्यात हुन सक्ने खतरा भए पनि ५० हजार टन मात्रै गहुँ निर्यातका लागि बाटो खोलिदिएको हो ।


    images
    images

    Logo