काठमाडौं । संघीय संसदका सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । संसद सचिवालयका अनुसार दिउँसो १ वजे संसद भवनमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ ।
प्रत्यक्षबाट १ सय ६५ र समानुपातिकबाट निर्वाचित १ सय १० गरि २ सय ७५ जनालाई शपथ ग्रहण गराउन लागेकाे हाे । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका मध्ये जेष्ठ सदस्य पशुपति समशेर जबराले २ सय ७४ सांसदलाई शपथ खुवाउने छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गाेपनीयताकाे शपथ खाएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार दिउँसो आयोजित समारोहमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबरालाई सभामुखको रूपमा पद तथा गोपनीयताको शपथ खुवाइएकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बुधबार दिउँसो आयोजित समारोहमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबरालाई सभामुखको रूपमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । संविधानमा नयाँ सभामुख चयन हुनुअघि ज्येष्ठ सांसदले पहिले शपथ खाएर त्यसपछि ज्येष्ठ सदस्यले बाँकी रहेका सांसदलाई शपथ खुवाउने व्यवस्था छ ।



