काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानी गर्ने ट्यांकरको भाडा बढाएको छ । निगमले शुक्रवार विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।
गत शुक्रबारदेखि लागू हुने निगमले गरि इन्धन ढुवानी गर्ने १९ सय ट्यांकरको भाडा वृद्धि गरेको छ । ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।
दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई करिब ८० करोड व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।
स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३ सय ८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६ सय ३० रुपैयाँ २० पैसा र ६ हजार ६ सय ९० रुपैयाँ ५५ पैसाले बढेको छ।
