images
images

२ कम्पनीका अध्यक्ष परे सेवोनको कारबाहीमा, कस्तो छ कानुनी व्यवस्था ?


  • 534
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    २ कम्पनीका अध्यक्ष परे सेवोनको कारबाहीमा, कस्तो छ कानुनी व्यवस्था ?

    काठमाडौं । नेपाल धितोपत्र  बोर्डले २ कम्पनीका अध्यक्षलाई नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कारबाही गर्ने भएको छ । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई सेवोनले कारबाही गर्ने भएको हो । 

    यी दुबै अध्यक्षले कानुन विपरित आफु पदमा रहँदा नै शेयर खरिद बिक्रि गरेको पुष्टि भएपछि बोर्डले कारवाही गर्ने निर्णय गरेको छ । बोर्डले एक वर्ष अगाडी नै उनीहरुको शेयर कारोबार बारे अध्ययन गरेको थियो । र सो अध्यनले उनीहरु पदमा रहेकै समयमा शेयर खरिद बिक्रि गरेको पुष्टि गरेको छ । 

    नेपाल हाइड्रोको अध्यक्षले आफु पदमा रहेको समयमै  श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता शेयर बेचेका थिए । त्यस्तै रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले अध्यक्ष पदमा रहेका बेला २८ हजार ९ सय ५३ कित्ता शेयर बिक्री गरेका थिए। 

    धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) अनुसार कुनै पनि सुचिकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको शेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।

    अब बोर्डले धितोपत्र ऐन अनुसार कारबाहीको प्रकृया अघि बढाउने भएको छ । कानुनी व्यवस्था विरुद्ध काम गरेमा व्याक्तीलाई २५ देखि ७५ हजारसम्म जरिवाना र १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनीमा सञ्चालक समिति लगायत कुनैपनि पदमा नियुक्ति लिन पाइने छैन ।


    images
    images

    Logo