काठमाडौं । शोधनान्तर स्थितिमा सुधार भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ४ महिना (कात्तिकसम्म)शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो। लामो समयदेखि घाटामा रहेको शोधनान्तर अवस्था गत असोज महिनादेखि बचतमा आएको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ३५ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २० अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १८.१ प्रतिशतले वृद्धि भई २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड रुपैयाँ आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड रुपैयाँ प्राप्त भएको थियो ।



