काठमाडौं । कर असुली गर्न सरकारले खुला गरिदिएपछि आन्तरिक राजश्व विभागले कर तिर्ने समय तोकेको छ । बुधबार सूचना प्रकाशित गरी आन्तरिक राजश्व विभागले कर तिर्न असार २५ गते सम्मको समय तोकेको हो ।
सो सूचना अनुसार गत चैत र बैशाख महिनाको मासिक विवरण, चैत-बैशाख महिनाको द्धिमासिक अवधिको भ्याट, चैत र बैशाख महिनाको अन्तशुल्क तथा आयकर एवं साेही दुई महिनाको दूरसञ्चार कर, शिक्षा सेवा शुल्क तिर्ने एवं टेलिफोन स्वामित्व शुल्क दाखिला गर्न समेत असार २५ गतेसम्मको समय दिइएको छ ।
सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो । आदेशमा कर असुली गर्न अनुमति दिए पनि जरिवाना भने लिन नपाइने भनिएको छ ।



