काठमाडौं । नेपाल टेलिकमले रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार यो अफर मंसिर २० गतेदेखि आगामी पुस १९ गतेसम्म रहने छ ।
एनटीसीका ग्राहकहरुले २०० रुपैयाँ, ५०० रुपैयाँ र १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । २०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा उपलव्ध हुनेछ भने ५०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ ।
त्यसैगरी १००० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुने कम्पनीले जनाएको छ । यो अफर जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ ।



