images
images

अव सबै प्रदेशमा कोभिड–१९ युनिफाइड अस्पताल, कुनकुन बन्दैछन् ?


  • 370
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    अव सबै प्रदेशमा कोभिड–१९ युनिफाइड अस्पताल, कुनकुन बन्दैछन् ?

    काठमाडौं । सरकारले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सबै प्रदेशमा कोरोनाको उपचारको समन्वय गर्नको लागि कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल तोक्ने तयारी भएको हो ।

    ालैमात्र सरकारले केन्द्रमा वीर अस्पतालाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरेको थियो । केन्द्रीय कोभिड अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमका अनुसार, प्रदेशस्तरमा सञ्चालित सङ्घअन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको छ । ती अस्पतालले कोभिड–१९सँगै अन्य बिरामीको पनि उपचार गर्ने जनाइएको छ ।

    केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने व्यवस्था  छ । सो व्यवस्था अनुसार प्रदेश–१ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश–२ जनकपुर प्रादेशिक अस्पताल वा नारायणी अस्पताल वीरगञ्ज, वागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई युनिफाइड अस्पताल बनाउने गृहकार्य अघि बढेको छ । 


    images
    images

    Logo