images
images

मागमा आएको सङ्कुचनले राजस्व सङ्कलनमा दबाब


  • 299
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    मागमा आएको सङ्कुचनले राजस्व सङ्कलनमा दबाब

    काठमाडौं । सरकारले राजस्व सङ्कलनमा गिरावट आउँदा त्यसले वित्तीय चाप पारेको स्पष्ट पारेको छ । राजस्व सचिव रामेश्वर दङ्गालले अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै राजस्वमा योगदान गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

    नेपाल उद्योग परिसङ्घले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उनले अर्थतन्त्रमा स्थायित्व ल्याउनका लागि मौद्रिक नीतिले औजार प्रयोग गर्दा बजेटले लिएका उद्देश्य हासिल गर्न दबाब परेको बताए। 

    उनले राजस्वमा दबाब पर्दै गए आन्तरिक ऋण उठाउनुपर्ने र त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा जाने लगानीयोग्य रकममा पर्ने बताए । आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले निजी क्षेत्रलाई दोहोरो कर नपरोस् भन्नेमा सचेत रहेको बताए। 

    उनले कर अधिकारी र करदाताबीच भौतिक सम्पर्क नै हुननपर्ने गरी कर प्रशासनमा सुधार गर्न लागेको बताए । यसले कर प्रशासन र निजी क्षेत्रप्रति लाग्ने आरोप सहनु नपर्ने उनको भनाइ छ । निजी क्षेत्र नफस्टाइ सार्वजनिक क्षेत्र पनि अगाडि बढ्न नसक्नेसमेत उनको भनाइ छ । 

    परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको सङ्कुचनको असर उद्योग क्षेत्रसँगै  राजस्वमा समेत परेको बताए । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याजदर घटाउने, समग्र माग बढाउने खालको नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।

    परिसङ्घले गरेको सर्वेक्षणअनुसार उद्योगको प्रकृतिअनुुसार ८० प्रतिशतसम्म मागमा सङ्कुचन आएको उनको भनाइ छ । अर्थतन्त्रमा सङ्कुचन बढ्दै जाँदा उद्योगसँगै राजस्व पनि थप प्रभावित हुने र त्यसको प्रत्यक्ष असर पुँजिगत खर्चका लागि रकम अभावमा पर्न सक्ने उनले बताए । 

    उनले बहुदर भ्याट प्रणाली लागू गर्न आवश्यक रहेको बताए । भारतलगायत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गराउन पनि बहुदर भ्याट प्रणालीको विकल्प नभएको उनले दाबी गरे । 

    परिसङ्घका उपाध्यक्ष राजेश अग्रवालले उद्योग फस्टाउन नीतिगत स्थिरता आवश्यक रहेको बताए । आर्थिक ऐन र औद्योगिक व्यवसाय ऐनमा भएका व्यवस्था एकआपसमा बाँझिदा औद्योगिक प्रवद्र्धनमा असर परेको उनको भनाइ छ । यस्तै उनले तीन वटै तहबाट कर सङ्कलन भइरहेकामा त्यसमा सुधार ल्याउन एकद्वार प्रणालीबाट मात्रै कर सङ्कलन गर्न सुझाव दिए ।


    images
    images

    Logo