काठमाडौं । वैकल्पिक शक्तिप्रति आकर्षण बढिरहेको बेला काठमाडौं उपत्यकामा नेपाली काँग्रेसप्रति भने मतदाताको सद्भाव देखिएको छ । उपत्यकामा काँग्रेसबाट उम्मेदवारी दिएका ८ जना उम्मेदवारमध्ये ७ जनाले अग्रता बनाएका छन् ।
काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये काँग्रेसले ६ उम्मेदवार उठाएको थियो । त्यसमध्ये काठमाडौं ६ काम भीमसेनदास प्रधान बाहेक अरु सबैले अग्रता बनाएका छन् ।
काठमाडौं १ मा काँग्रेसका प्रकाशमान सिंह विजयी भइसकेका छन् । काठमाडौं ३ मा सन्तोष चालिसे अघि हुँदा काठमाडौं ४ मा गगन थापा विजयनजिक पुगिसकेका छन् ।
उता काठमाडौं ५ मा एमालेका उम्मेदवार इश्वर पाखरेललाई पछि पार्दै प्रदीप पौडेल निकै अघि छन् । काठमाडौं १० मा राजन केसी समेत सुरुदेखि नै अगाडि छन् ।
त्यस्तै, भक्तपुर २ मा काँग्रेसका दुर्लभ थापाले अग्रता लिइरहँदा ललितपुर १ मा समेत उदयशम्शेर राणा अघि बढेको छन् ।
त्यसो त, काँग्रेसका उम्मेदवार रहेको काठमाडौं ६ बाहेकका निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारप्रतिको क्रेज समेत त्यति देखिएको छैन । काठमाडौं ६ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि छन् ।



