images
images

निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रसँग सरकारको आग्रह


  • 622
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रसँग सरकारको आग्रह

    काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आआफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रसँग आग्रह गरेको छ । 

    सरकारबाट निर्वाचनका सन्दर्भमा सरकारी कार्यालय र सार्वजनिक निकायमा दुई दिन बिदा दिने निर्णय भएको जनाउँदै गृह मन्त्रालयले निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयमा यही मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिने व्यवस्था गर्न आग्रह गरेको हो । 

    मन्त्रालयले निर्वाचनका दिन दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रका छाता सङ्गठनलाई पत्राचारसमेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, वायुसेवा सञ्चालक सङ्घ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रका सबै छाता सङ्गठनलाई पत्राचार गर्दैै निर्वाचनका समयमा दुई दिन बिदा दिन आग्रह गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । 

    सरकारले यसअघि सरकारी तथा सार्वजनिक निकायमा मङ्सिर ४ र ५ तथा विद्यालयमा मङ्सिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तै त्रिभूवन विश्वविद्यालयले पनि आजदेखि मङ्सिर ५ गतेसम्म क्याम्पस तथा कार्यालयमा सार्वजनिक बिदा दिइसकेको छ । 


    images
    images

    Logo