काठमाडौं । निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाएको छ । प्रमुख जिल्ला कार्यालय काठमाडौंले एक सुचना जारी गर्दै मंसिर १ गते राति १२ बजेदेखि मतगणना पूरा नभएसम्म मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको हो ।
मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । त्यस्तै, उपत्यकामा मंसिर ४ गते ४ बजेदेखि मतदान कार्य सम्पन्न भए पश्चात बेलुका ७ बजेसम्म अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी–साधन बाहेक आन्तरिक रुपमा सवै किसिमका सवारी साधान संचालनमा रोक लगाउने निर्णय गरेको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर १ र २ मा अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेका छन् ।

